|
|
This page was generated by Mig 1.5.0.
फिल्मीखबर, काठमाण्डौ, २०६६ फाल्गुन २१, शुक्रवार
अस्ट्रेलियामा बस्ने नेपालीहरूलाई मध्ये नजर गर्दै अस्ट्रेलियामा पहिलो पटक नेपाली चलचित्र 'नाइ नभन्नु ल' को प्रिमियर हुने भएको छ । मे २२ तारिखको दिन सिड्नीको एक शहरमा यस चलचित्रको भव्य प्रदर्शन हुनेछ । चलचित्रको प्रचारप्रसार र प्रिमियरको चाँजोपाँजो मिलाउन नायक जीवन लुईटेल केहि समयदेखि अस्ट्रेलियामा नै छन् ।
रमेशजंग रायमाझीको निर्माणमा बिकाश आचार्यले निर्देशन गरेको यस चलचित्रलाई २२ तारिखको दिन सार्वजनिक गरेपछि अस्ट्रेलियाकै बिभिन्न शहरहरूमा पनि प्रदर्शन गरिने नायक जीवनले फिल्मीखबरलाई जानकारी गराए । चलचित्रको प्रिमियर र प्रचारप्रसारको जिम्मा भने अस्ट्रेलियामा स्थापना भएको 'क्याट्माण्डु फिल्मस्' ले लिएको छ । चलचित्र हेर्न इच्छुक अस्ट्रेलियाबासी नेपालीहरूले डब्लुडब्लु डट क्याट्माण्डु शप डटकम (www.catmandushop.com) मा गएर टिकट खरिद गर्न सक्नेछन् ।
|
| अस्ट्रेलिया, २०६६ माघ २२, शुक्रवार |
दशक भन्दा लामो समय देखि नेपाली चलचित्र अनि सन्चार क्षेत्रमा समर्पित दक्ष्य , अनुभवी र उत्साहित नेपाली युवाहरुको सहभागितामा अस्ट्रेलियाको सिड्नी सहरमा catmandufilms नामक एक संस्थाको स्थापना गरिएको छ । संस्थाले हाल सम्म सिड्नीमा विभन्न नेपाली कार्यक्रमहरुको आयोजना तथा तिनीहरु को छायांकन अनि केहि short film हरुको निर्माण गरि सकेको छ भने ऑस्ट्रलियन टिभि च्यानल को लागि STUDENT LIFE IN AUSTRALIA नामक डोकूमेंत्री चलचित्र को निर्माण गरी रहेको छ ।
त्यस्तै संस्थाले नेपाली चलचित्रको बजार व्यवस्थापनका निम्ति अस्ट्रेलियामा बसोवास गर्दै आएका गैर आवासीय नेपालीहरु अनि ऑस्ट्रलियन चलचित्र व्यवसायीहरु संग समन्वय गरि रहेको छ। यसैगरी संस्थाले नेपाली चलचित्रलाई प्रवासी नेपाली माझ पुर्याउन निकट भविस्यमा नै नेपाली चलचित्रलाई अस्ट्रेलियामा प्रिएमेर शो गर्ने सोच राखेको छ। संस्थाले अहिले catmandutv नामक online tv channel को परिक्ष्यण प्रसारण पनि सुरु गरि सकेको छ जुन www.catmandutv.com मा हेर्न सकिनेछ ।